सिरहामा अज्ञात समुहद्धारा एक विघाको धानमा आगजनी

Domain Registration Nepal प्रकाशित समय 7:34:00 AM

राम नारायण पंडित, सिरहा, १३ पौष ।
सिरहामा अज्ञात समुहले एक विघाको धानमा आगजनी गरी नष्ट गरेका छन् । जिल्लाको नरहा ७ मा अज्ञात समुहद्धारा स्थानीय किसान भरोसी यादवको खेतमा काटेर राखिएको करीब विघाको धानमा आगजनी गरि नष्ट गरेका छन् । धान किन र को नष्ट गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाए । पीडित यादबले धान करीव एक लाख वरावरको रहेको बताए । यादबले भने आफु यो धान दिनरात लोडसेडिंगको वेला पनि मोटरवाट पानी हाली कडा मिहनेत गरेर लगाएकोले आगजनी गरी नष्ट गरेको अब वर्षभरीको खाने अनाजको समस्या हुने दुखेसो सुनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »