सिरहामा नमुना जनमत संग्रह सम्पन्न ।।

Domain Registration Nepal प्रकाशित समय 7:39:00 AM

मुकेश यादब सिरहा पुस ११ गते ।  सिरहाको कृष्णपुरमा आज नमुना जनमत संग्रह सम्पन्न भएको छ । विगत साढे चार महिना देखि जारी मधेश आन्दोलन भइरहेको वेला स्वतन्त्र मधेश गठवन्धनको आयोजनामा नमुना जनमत संग्रह कृष्णपुरको वडा नं. ८ र ९ मा सम्पन्न भएको छ । कृष्णपुरमा जम्मा ४८७ मतदाता मध्ये ३३८ मत खसेको छ भन्ने ४४ मत वदर भएको छ । २९४ सदर मत मध्ये २९१ मधेश देश को पक्षमा परेको थियो भन्ने ३ मत नेपाल देशको पक्षमा परेको कुरा निर्वाचन अधिकृत सुदिप कुशवाहाले जानकारी गराएका छन । चुनाव विधिवत प्रक्रिया अनुसार सम्पन्न भएको छ जसमा महिला,पुरष,वुद्धिजिवी,युवा,पत्रकारहरुको उपस्थिती रहेको थियो । पत्रकार सुरेन्द्र कामती,लगायत पत्रकारहरु मतगणना पगेको थियो । स्वतन्त्र मधेश गठवन्धनले दुइ वटा सार्वजनिक गरेको झण्डा मधेश भर्सेज नेपाल रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »