मोर्चाको माग सम्बोधन गर्न कांग्रेस र एमाओवादीबीच छलफल

Domain Registration Nepal प्रकाशित समय 9:55:00 PM
काठमान्डौ ११े  पुस - राजनीतिक गतिरोध अन्त्यको लागि नेपाली कांग्रस र एमाओवदीबीच छलफल भएको छ । शनिबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा अहिलको राजनीतिक समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा कांग्रेस र एमाओवादीका शीर्ष नेताबीच छलफल भएको हो ।छलफलमा कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र एमाओवादी अध्यक्ष दाहाल सहभागी थिए ।छलफलमा दुवै दलका नेताले जारी संकट समाधान गर्ने र मधेसी मोर्चाको मागहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको आचार्यले जानकारी दिए । उनका अनुसार छलफलमा नेपालीले साह्रै दुउबअmबल झयतष्अयल पाएकाले यो संकटलाई जतिसक्दो चाँडै सम्बोधन गर्ने सहमति भएको छ ।यसैगरी आज नै तीन बजे कांग्रेस र मोर्चाका शीर्ष नेताबीच राजनीतिक समस्या समाधानको विषयमा छलफल गर्ने जनाइएको छ ।  कोइराला निवासमा ३ बजे मोर्चासँग छलफल गरिसकेपछि फेरि कांग्रेस, एमाओवादी र मोर्चाका शीर्ष नेताबीच त्रिपक्षीय छलफल गरिने आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »