राष्ट्रपतिलाई विधवा भनेर अपमान गर्नु मिथिला संस्कृति विपरित, निधि

Domain Registration Nepal प्रकाशित समय 11:13:00 PM
  विराटनगर, पुस ८
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर भ्रमणका बेला मोर्चाका कार्यकर्ताले गरेको अपमान मिथिला संस्कृति विपरित भएको बताएका छन् ।  नेपाल प्रेस युनियन मोरङ शाखाले  बुधवार बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता निधिले राष्ट्रपतिमाथि गरिएको अपमानले आफूलार्इ लज्जित तुल्याएको बताए ।  उनले भने,‘राष्ट्रपति भण्डारीलार्इ विधुवा भनेर जसरी अपमान गरियो। यो अपमान समग्र महिलामाथि गरिएको विभेद हो, यस्तो संस्कार मिथिलामा स‌‍‌स्कृतिको विपरित छ।’  निधिले तरार्इमा आन्दोलनरत मधेशी मोर्चाका माग सम्बोधन गर्न तराईमा दुई प्रदेश राख्न सकिने बताए ।   उनले सीमांकन उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत पछि टुंग्याउने गरी हाललाई दुई प्रदेशमा मोर्चासँग सहमति गर्न सकिने स्पष्ट पारे।
सभार सेतोपार्टी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »