आगलागीबाट लाखौंको क्षति

Domain Registration Nepal प्रकाशित समय 10:20:00 PM
सिरहा, पुस ९–सिरहाको एक दलितबस्तिमा आज विहान आगलागीहुँदा लाखौं मूल्यको धनमाल जलेर नष्ट भएको छ ।  सीतापुर–४ का रामविलास रामको गोठबाट सुरुभएको आगो फैलिएर रामवली राम, एकन राम, लखन राम, र रामविलास रामको घरमा आगलागीहुँदा ११ लाखभन्दा बढीको धनमाल जलेको प्रहरीले जनाएको छ । चिसो छल्न गोठमा लागाएको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट रामविलास रामको गोठ, रामवली रामको दुवटा घर, रामलन रामलखन रामको एउटा घर, रामविलास रामको एउटा घर र चार वटा बाख्रा सहित घरमा रहेको अन्नपात, नगद, सुनचाँदीको गरहना जलेको जनाएको छ । आगो स्थानीय वासिन्दा र प्रहरीले ३ घण्टा लागाएर नियन्त्रणमा लिएको जनाएको छ । विहान करिव एक बजेबाट सुरु भएको आगलागि ४  बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »