सिरहामा ट्रकको ठक्करले गम्भिर घाइते दुईको उपचारको क्रममा मृत्यु

Domain Registration Nepal प्रकाशित समय 10:30:00 PM
राम नारायण पंडित,सिरहा, १० पौष । सिरहाको धनगढी माई नगरपालिका अन्तर्गत धनगढी बजार नजिक पूर्व–पश्चिम सडकमा ट्रकको ठक्करले गम्भिर घाइते भएका दुई जनाको आज बिहान उपचारको क्रममा लहानमा मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको दक्षिणी क्षेत्रमा पर्ने विद्यानगर गाविस–३ का करिब ३२ वर्षीय कारी दास र सोही ठाउँका करिब ३० वर्षीय रामसागर दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता माधव बुढाथोकीले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार रहेका दुई जनालाई विपरीत दिशाबाट जाँदै गरेको नम्बर नखुलेको ट्रकले बिहान ३ बजेतिर ठक्कर दिएपछि गम्भिर घाइते बनाएको थियो । सवारी साधनको इस्कर्टिङ् गरिहेको प्रहरीले उद्दार गरी उपचारका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा भर्ना गरेपछि उपचारकौ क्रममा बिहान ५ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता बुढाथोकीले उल्ल्ेख गरे । ठक्कर दिएर फरार रहेकोे ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »