सरकार मधेश आन्दोलनको वास्ता नगरे नयाँ संविधान घोषणा हुनेः मण्डल

Domain Registration Nepal प्रकाशित समय 11:26:00 PM
 सिरहा, ११ पुष । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफुहरुको आन्दोलन नचिसिएको बिहिवार गरिएको कोण सभामा बताएका छन् । पुर्व घोषित कार्यक्रम अनुसार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशको विभिन्न जिल्लाहरुमा बिहिबार  साँझ मशाल जुलुस प्रदर्शन गरेको हो । यसै क्रममा मोर्चाले सिरहा सदरमुकाममको महाविर चौक देखि शुरु गरिएको मशाल जुलुस हेमनारायण चौकमा आएर कोण सभामा परिणत गरेका थिए । कोणसभामा मोर्चाका कार्यकर्ताहरुले सरकार विरुद्ध चर्को नारावाजी गरेका थिए । जुलुसलाई आफ्नो नियन्त्रणमा लिनका लागि मशाल जुलुस अगाडि र पछाडी सुरक्षाकर्मीको तैनाथ गरिएका थिए । कोण सभामा बोल्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता सुरेश मण्डलले चार मधेशवादी पार्टीको आन्दोलन कमजोर नभएर थप शक्तिसाली भएको बताए । मधेशमा विस्तारै मधेशी समुदाय आफ्नो अधिकार लिनका लागि आतुर भइरहेको अवस्थामा र लामो समयको आमहडताललाई सबै मधेशीले साथ दिएका कारण हाम्रो आन्दोलन कमजोर नभएर यसमा थप शक्ति थपिएको हो । मधेश आन्दोलनको एक सय तिस दिनको सन्धयामा गरिएको कोण सभामा मधेशीको माग सम्बोधन नभए सम्म ४ मात्र नभएर चार वर्ष पनि आमहडताल गरेर मधेशको माग सम्बोधन भए आफुहरु पछि नहटने उनले   बताए ।
पुष १५ गते सम्म सरकारले मधेश आन्दोलनलाई वास्ता नगरेपछि वुद्धिजिवीबाट नयाँ संविधान घोषणाको तैयारी भइरहेको र छिटै घोषणा समेत गरिने छ । जुन संविधानमा मधेशीको हरेक मागहरुको सम्बोधन भएको हुन्छ । मधेश आन्दोलन शुरुवात देखि नै राज्यले मधेश आन्दोलनमा क्षती गरेर मधेशीको हक अधिकारबाट वञ्चित गर्न खोजिएकोले कसैलाई मोर्चाको नेतामाथी संका नगर्न र मधेश आन्दोलनमा थप सहयोग गर्न सम्पुर्ण मधेशी संग मंडलले आग्रह गरे । काठमाण्डौंका मिडियाहरु जहिले पनि मधेश बिरोधी भएकाले जहिले पनि भ्रामक समाचार सम्प्रेसन गरेर मधेशी समुदायको मनोबल घटाउने प्रयास मात्र गरेकाले त्यसको प्रतिकार गर्न सबै मधेशी एक हुनुपर्ने बताए । मधेशको समाचारहरुलाई प्राथमिकता नदिएकै कारण त्यस्ता पत्रपत्रिकाहरु मधेशमा आउन रोक लगाएको तर यसको उल्टो अर्थ मधेश बिरोधीहरुले दिएको उनले कोण सभामा बताए । नाका अबरोध र मधेश बन्दले पहाडभन्दा तराई मधेश दोहोरो मारमा परेको छ । सिरहामा भोलि शनिबार बिरोध सभा हुन गइरहेकाले उक्त सभामा सहभागी हुनका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आग्रह गरेका थिए ।
सभारः अपन दैनिक

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »