क्यालिफोर्नियामा गोलीको बर्षा , १४ जनाको मृत्यु

Domain Registration Nepal प्रकाशित समय 10:24:00 PM
एजेन्सी, १७ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारका कारण १४ जनाको ज्यान गएको छ । क्यालिफोर्निया राज्यको सान बर्नाडिनोमा तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १४ जनाको ज्यान गएको हो । अपाङ्गताहरुका लागि बनाएको एक सामाजिक सेवा बेन्द्रमा आक्रमण गरिएको हो ।  आक्रमणमा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । सैन्य पोशाकमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । अन्धाधुन्ध गोली हानेपछि आक्रमणकारी कालो गाडीमा चढेर भागेको प्रहरीले जनाएको उनीहरुको खोजी भइरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »