लहान विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

Domain Registration Nepal प्रकाशित समय 7:42:00 AM
फिरोज शेख , लहान पौष ११ ।लहान – सिरहा लहान नपा १ मा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी भएको छ । आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमा प्रशाद चतुर्वेदीले जनाएको छ । आगो समयमै नियन्त्रणमा लिएका कारण ठूलो क्षेतिहुनबाट बचेको प्रहरीले जनाएको छ । आगलागीबाट थन्क्याएर राखेको विजुलीको तार र पराल जलेको छ । उक्त आगो लहान नगरपालिका बाट गएको वारुणयन्त्र, नेपाली सेना र प्रहरीले केहि छिन मै नियन्त्रणमा लिएको थियो। आगलागी कसरी भयो भन्ने केही खुल्न नसकेपनि विद्युत चुहावटका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीपछि सो स्टेशनबाट प्रवाह हुने विद्युत केहि बेर अवरुद्ध भएको
थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »