सिरहामा अबैध रुपमा लैजादै गरेको समान खोसिए

Domain Registration Nepal प्रकाशित समय 10:51:00 PM
सरोज कुमार पासमान सिरहा, १३ पुष । छिमेकी देश भारतको जयनगरबाट अवैध रुपमा ल्याउदै गरेको ५० हजार मोल बराबरको समान सिरहा प्रहरीले पक्राउ गरेको छ ।सिरहा सदरमुकाम ७ महिसौथा स्थित धनिया, खुर्सानी र खाद्ध लगायतका समान सिरहाका शस्त्र प्रहरीले पक्राउ गरेको हो ।कमला नदीको छेउ भएर अवैध रुपमा समानहरु सिरहाको डुमरी लैजादै गर्दा गोप्य सूचनाको अधारमा प्रहरीले थाह पाए पछि बाटैमा पक्राउ गरी करिब ५० हजार भन्दा अधिकको समान जफत गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका समान जिल्ला भन्सार कार्यालय सिरहामा बुझाइएको र आवश्यक अनुसंधान भइरहेको जनाएको छ । सिरहाको डुमरी वस्ने प्रमोद साह, दिनेश यादव र उचित यादवको समान खोसिएको जनाएको छ ।प्रहरीका अनुसार उक्त व्यक्तिहरु संग समानको आवश्यक विल भरपाई नभएका कारण र भन्सार छली गरी समान ल्याएकाले खोसिएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »