बस र ट्रक एक आपसमा ठोक्किंदा ६ जना घाइते

Domain Registration Nepal प्रकाशित समय 11:50:00 PM
मुकेश यादब 
सिरहा, २७ मंसिर  । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहा जिल्लाको लहानमा शनिबार राती यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किंदा ६ जना घाइते भएका छन्।पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना. ४ ख. २४८३ नम्बरको ट्रक र बिपरित दिशाबाट जादै गरेको ना. ५ ख. ९४०४ नम्बरको बस राती  ठोक्किएर दुर्घटनामा बसका चालकसहित ६ जना तथा ट्रकमा सवार एक जना घाइते भएका हुन्।घाइतेहरुमा बसका चालक सप्तरी शम्भुनाथ १ का ४० वर्षिय बद्री साह, यात्रीहरु सप्तरी लोखनपुर ५ का २५ वर्षिय श्याम शर्मा, कोचाभखारी ४ का ३६ वर्षिय सियाराम मण्डल, कोचाभखारी ५ का ३१ वर्षिय मिथिलेस सुतिहार, रुपनी ३ का २४ वर्षिय मुन्ना साह, शम्भुनाथ ३ का ३६ वर्षिय भागवत राम, शम्भुनाथ ४ का ३६ वर्षिय रामकुमार सदा, रायपुर ४ ४५ वर्षिय मोहमद रसिद र उनका २५ वर्षिय मोहमद सबुद्दिन तथा ट्रकमा सवार झापा बिर्तामोड नगरपालिका ७ बस्ने रणबहादुर बस्नेत रहेका छन्। घाइतेहरुको उपचार सप्तऋषि हस्पिटल लहानमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »