सर्लाहीमा गोली लागेका दुई जनाको शव फेला ।

Domain Registration Nepal प्रकाशित समय 11:31:00 PM

सर्लाही,२७ मंसिर । सर्लाहीको गौरीशंकरमा अज्ञात समूहले गोली लागी दुई जनाको हत्या भएको छ। सागरनाथ वन परियोजना जंगल छेउको श्रीनगरमा करिब ७ बजे गोली लागेक दुई जनाको शव परालले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शरीरमा गोली लागेको र घटना स्थलबाट गोलीको खोकाहरु समेत बरामद भएको छ। मृतकको शरीरमा धारिलो हतियारसमेत प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको पहिचान हुन सकेको छैन। दुवै जनाको हत्या गरी परालमा लुकाइएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन्।
हत्या गरी फालिएको अवस्थामा दुई शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक रमेशकुमार खडकाले बताउनु भयो । शव फेला परेको जानकारी आएपछि आइतबार बिहानै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय केशगंजको टोली अनुसन्धानका लागि गौरीशंकर पुगेको खडकाले बताए।
परालले छोपेको शव पल्टाएर घटना स्थलको अनुसन्धान भइरहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताए। ‘शव भेटेको जानकारी बिहान आएपछि टोली घटनास्थल पुगेको छ,’ प्रहरी निरीक्षक घिमिरेले भने, ‘हालसम्म मृतकको पहिचान भएको छैन। घटनाको कारणसमेत खुलेको छैन।’ मृतक दुवै मधेसी मूलका हुन्।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »