सिरहामा फारम बुझाउन शिक्षा कार्यालयमा घुइचो

Domain Registration Nepal प्रकाशित समय 10:06:00 PM
सरोज कुमार पासमान सिरहा मंसिर २२ । स्थायी अध्यापन अनुमति पत्रका लागि लिइने परीक्षाको फारम भर्नका लागि सिरहाको जिल्ला शिक्षा कार्यालयमा आज ९मंगलबार० विहानै देखि परिक्षार्थीहरु लाइनमा लागेका थिए । फारम भर्नका लागि महिला तथा पुरुष परिक्षर्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । परिक्षार्थीहरुले माध्यमिक र निम्नमाध्यमिक तहको परिक्षा दिनका लागि फारम भरिएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । कार्यलय स्रोतका अनुसार माध्यमिक तहमा फारम भरेकाहरु संग ७ सय र निम्नमाध्यमिक तहमा फारम भरेकाहरु संग चार सयको दरले रकम असुलेको जनाइएको छ ।बन्दको सामना गर्दै परिक्षार्थीहरु जिल्ला शिक्षा कार्यालय सिरहामा विहानै देखि लाइनमा बसेका थिए ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आमहड्तालका कारण यातायातका कुनै सवारी साधन चलन नसकेपछि परिक्षर्थीहरु मोटरसाइकलमा सवार भएर दरखास्त बुझाउन आएको एक परिक्षार्थीले जानकारी दिए । उनले भने,‘बन्दका कारण एक साता देखि दरखास्त बुझाउन आउन सकिएन । आज जसोतसो मोटरसाइकल भाडामा गरेर जिल्ला शिक्षा शिक्षा कार्यालय सिरहा सम्म आएको छु ।’ जान फेरी भाडामै मोटरसाइकल खोज्नुपर्ने उनले दुखेसो पोखे । दरखास्त दिने मिति मंसिर २३ गते सम्म र दोब्बर दस्तुर तिरेर मंसिर २४ गते देखि पौष १ गते सम्म रहे पनि जिल्ला शिक्षा कार्यालय सिरहामा सोमबार परिक्षार्थीहरुको निकै भिड देखिएको थियो ।  दरखास्त जिल्ला शिक्षा कार्यालयहरु वा जिल्ला शिक्षा कार्यालयले तोकेको विभिन्न स्थानहरुमा दरखास्त बुझाउन सकिने जनकारी दिए ।दरखास्त बुझाई सकेकाहरुका माध्यमिक तहका लागि परीक्षा आउदो फागुन १४ गते शुक्रबार दिनको १ः०० बजे र निम्न माध्यमिक तहका लागि फागुन १५ गते शनिवार दिनको १ः०० बजे रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । परीक्षा केन्द्र सम्वन्धित जिल्ला परीक्षा समन्वय समितिले तोकेका परीक्षा केन्द्रहरुमा हुने समेत जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »