अमेरिकाको टेक्सासमा डि.एफ.डब्लु मधेशी समाज गठन

Domain Registration Nepal प्रकाशित समय 11:47:00 PM
डि.एफ.डब्लु मधेशी समाज, टेक्सासका पदाधिकारी र सहभागीहरु गठन
अमेरिका, २३ मंसिर । विश्वभरी छरिएका रहेका मधेशीहरु जारी मधेश आन्दोलन पछि गोलबन्द हुन थालेका छन् । ईतिहासमा पहिलो पटक जारी मधेश आन्दोलनले विश्व भरी छरिएर रहेका नेपाली मधेशीहरुले एकिकृत भई बोलबन्द हुन थालेका छन् । अमेरिका, जापान, जर्मन, युके, अष्टे«लिया, कोरिया लगायतका देशहरुमा धमाधम नयाँ संस्थाहरु गठन हुन थालेका छन् । यसै क्रममा अमेरिकाको टेक्सासमा रहेका मधेशी समुदायहरुले नयाँ संस्था गठन गरेका छन् । मधेश र मधेशीका लागि विभिन्न सामाजिक, आर्थिक र राजनितिक सहयोग हेतुले टेक्सासमा रहेका मधेशी समुदायले डि।एफ।डब्लु मधेशी समाज नाम संस्था गठन गरेका छन् । गएको आइतवार अर्थात मंसिर २० गते भेलाबाट सो संस्था गठन भएको नव गठित संस्थाका अध्यक्ष विजय यादवले जानकारी दिनु भयो ।नव गठित संस्थाको अध्यक्ष, विजय यादव, उपाध्यक्ष नम्रता यादव, सचिव राजेश यादव, कोषाध्यक्ष नितेश कलवार, सन्चार संयोजक रश्मी गुप्ता रहेका छन् । त्यस्तै संस्थाको प्रमुख सदस्यहरुमा किरण अधिकारी, शशि भुषण यादव, निताह साह, रफिद मोहमद, संजय यादव, बैद्यनाथ यादव र संतोष सिंह रहेका छन् ।कार्यक्रममा अमेरिकामा लामो समय देखि विभिन्न पेशमा आबद्ध रहेका बरिष्ठ व्यक्ततित्वहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा गैर आवासीय नेपाल संघ र एन्टाका उपाध्यक्ष सुनिल साह समेत उपस्थित हुनु हुन्थ्यो । त्यस्तै, डा। उमेश यादव, अमरनाथ साह, देवेन्द्र कर्ण, डा। संजय कर्ण, डा,। राजेक कर्ण लगायतका समाजसेवीहरुको उपस्थिती रहेको थियो । सभार टुडेखबर

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »