जानकी मन्दिर बन्यो रणभूमि, श्रद्धालुहरुमा मच्चियो भागाभाग,

Domain Registration Nepal प्रकाशित समय 12:48:00 AM
 जनकपुरधाम, १ पुस ।राष्टपति विद्यादेवी भण्डारीको आगमनलाई लिएर जनकपुरमा अहिले मात्र हैन विश्व प्रसिद्ध जगत जननी माता जानकी कै मन्दिर अहिले रणभूमि मैदान बनेको छ ।राष्टपतिको विवाहपञ्चमी महोत्सव भांडने षडयन्त्र मात्र रहेको ठहर गर्दै यूवाहरु विहानै देखि चर्को विरोधमा उत्रेका छन । यसैबीच, जानकी मन्दिरमा पूजा गर्न लागेकी भण्डारीलाई असफल गर्न युवाहरु मन्दिर परिसर भित्र पसेर पथराव जारी राखेका छन भने जानकी मन्दिर अहिले रणभूमि मैदान बनेको छ । यता, प्रहरीले पनि लगातार अश्रुग्यास प्रहार जारी राखेका छन् । जनकपुरको अवस्थता पूर्णरुपमा तनावग्रस्त रहेको छ , श्रद्धालुहरुमा भागमभाग मच्चिएको छ ।राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणका कारण स्थानीय भक्तजन मात्र नभई भारतबाट आएका श्रद्धालुहरु पनि प्रभावित भएका छन् ।
जनकपुरवासीले यसअघि नै राष्ट्रपति भण्डारीलाई जनकपुर नआउन चेतावनी दिइसकेका थिए । विवाहपञ्चमीको बहानामा राष्ट्रपति जनकपुर आउनु मधेश आन्दोलन भाड्ने षड्यन्त्र मात्र भएको  मोर्चाले आरोप लगाएको  छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »