आत्याधिक चिसोका कारण तराईको जनजिवन कष्टकर बन्दै

Domain Registration Nepal प्रकाशित समय 11:14:00 PM
 मुकेश यादब ,रामभरोसी यादव 

सिरहा ,मंसिर २७ गते । केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु लाग्न थालेका कारण तराइ को जनजीवन प्रभावित बन्दै गएको छ । अस्पतालमा चिसोका कारण बिरामीको संख्या बाक्लिन थालेको हो । दम, निमोनिया, झाडापखालाका बिरामीको संख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
   विशेष गरी साना नानीहरू चिसोका कारण धेरै विारमी हुने गरेको छ । मंसिर महिना लागेयता तराईमा चिसो बढ्न थालेको हो । राति र विहान बाक्लो कुहिरो लाग्ने र तुसारो झर्ने कारण अत्यधिक चिसो भईरहेको छ ।
अत्यधिक चिसोका कारण सर्वसाधारण विशेष कामवाहेक वाहिर कमैमात्रामा निस्कने गरेको छ । चिसो अत्यधिक भएको भएपनि सरोकारवाला स्थानीय निकायहरुले जाँडो छल्न जनतालाई कुनै पनि राहत नदिएको स्थानीय रबिन्द्र शाहले गुनासो पोखेको  छ । शाहका अनुसार
गतवर्ष पनि जाडोका कारण सिरहामा लगभग २० जनाभन्दा बढीले ज्यान गुमाएपनि सरोकार बाला मौन रहेको बताए । याता  चिसो बढनु लगतै न्यानो लुगा ,फाटाको किनमेल संगै मुल्यमा बृद्धि  भएको स्थानिय संतोष शाहले बताए । शाहका अनुसार पहिलेको तुलनामा ४० % ले मुल्यमा बृद्धि छ । जाडो छलन सरवसाधारणहरुले ठाउँ ठाउँमा आगोबाली जाडो बाट ज्यान जोगाइ रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »