सिरहामा हाथिको आतंक

Domain Registration Nepal प्रकाशित समय 9:58:00 PM
रामभरोसी यादवसिरहा, मंसिर २२– सिरहको धनगढीमाई न.पा. १३ डावरमा जंगलीहाथिले घरमाथन्काएर राखेको धान र बारीमा रहेको आलु  नष्ट गरेको छ । स्थानीयप्रेमवहादुर थापा मगरको घरमा रहेको पाँचसय केजी धान र प्रेमकुमार लामाको५ कटठा बारीमा लगाएको आलु र केरा हाथिले नष्ट गरेको हो ।  तीनदिन अघि कमला नदीहुँदै पश्चिमतर्फबाट आएको जंगली हाथिले गएराती यसरीविध्वन्स मञ्चाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसारहाथिले केदार गेलालको घरको भित्ता भत्काएको छ भने थापाको श्रीमती र छोराले खाटमुनी लुकेर ज्यान जोगाएको जनाएको छ । हाथी स्थानीय वासीन्दाले पूर्वतर्फ खेदेको जनाएको छ । सिरहामा तीनदिनअघिदेखि हाथि घुमिरहेको खवरले चुरे किनारका वासिन्दा त्रसित बनेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »