ट्याक्टरले किच्दा गोलबजारमा एक आन्दोलनकारीको मृत्यु

Domain Registration Nepal प्रकाशित समय 9:29:00 PM
रामभरोसी यादव, राम नारायण पंडित,सिरहा, २५ मंसिर । ट्याक्टरले किचेर सिरहाको गोलबजारमा आज विहान २ बजे एक जना आन्दोलनकारीको मृत्यु भएको छ । स.१ त १८४५ नम्वरको ट्याक्टरले किच्दा गोलबजार नपा ४ का कुशे साहको ज्यान गएको प्रहरीले जनाएको हो । गोलबजारबाटै सिमेन्ट लिएर दक्षिणतर्फ गईरहेको ट्याक्टर रोक्ने प्रयास गरेका उनलाई ट्याक्टरले किचेको बताइएको छ । सिमेन्ट लोड गरिरहेकै अवस्थामा साहले बन्दमा किन गाडी चलाएको भन्दै रोक्ने प्रयास गरेपनि ट्याक्टरले सिमेन्ट लिएर जाने क्रममा फेरी रोक्ने प्रयास गरेको स्थानीयले बताएको छ । रोक्ने प्रयासको क्रममा साहले ट्याक्टरमा ग्यास सिलिण्डर प्रहार गर्दा साह लडेर ट्याक्टर अगाडी पुगेको जनाइएको छ । ट्याक्टरले किचेर घाइते भएको साहको उपचार गर्न लहान तर्फ लाँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी इन्सपेक्टर सन्तोष निरौलाले जानकारी दिनुभयो । यता आन्दोलनकारीले आफ्नो कार्यकर्ताको हत्या गरेको भन्दै गोलबजारमा संयुक्त मोर्चाले टायर वालेर नारावाजी गर्दै मृतकको सहिद घोषणाको माँग गरेका छन् । बन्द हडतालका कारण दिन भरी बजार पसलहरु बन्द रहने हुँदा रातको समयमा निर्माण सामग्रीहरु विक्री हुने गरेको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »