सरकार र मोर्चा बिचको वार्ता बिना निष्कर्ष सकियो

Domain Registration Nepal प्रकाशित समय 1:55:00 AM
काठमाडौं मंसिर २५ । सरकार र  मधेसी मोर्चाबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  भएको वार्ता विषयमाप्रवेश   नै  नगरी वार्ता सकिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । विषय नै प्रवेश नगरी वार्ता टुंग्याउने क्रमले आज पनि निरन्तरता पायो यादवले भने। वार्तामा सहभागी उपप्रधान मन्त्री विजयकुमार गच्छदारले पुननिर्माण सम्बन्धी विधेयकमा सबै दल सहमत भएको छ । संविधान संशोधन विधेयकमा प्याकेजमा सहमति हुनुपर्ने मोर्चाको मागका कारण कुरा मिल्न नसकेको
हो गच्छदारले भने।  पुननिर्माण विधेयकमात्र संसदमा लिए कांग्रेसले नमान्ने संशोधन विधेयक पनि लिए मोर्चाले नमान्ने भएकाले कुरा मिल्न नसकेको कानुन मन्त्री अग्नी खरेलले बताए। उनले भने हामी राजनीतिक सहमतिका लागि प्रयास गरिरहेका छौं।यसैबीच मधेसी मोर्चाले सरकारले पुनर्निर्माण विधेयकसँगै संविधान संशोधन विधेयक पनि संसदमा पेस गर्न खोजे आजको संसद बैठक अवरूद्ध पार्ने बताएको छ। ुपुनर्निर्माणसँगै संविधान संशोधन विधेयक ल्याए आजको संसद बैठक चल्न दिन्नौं यादवले भने हाम्रो मुख्य माग प्रदेशको सीमाकंनमा तीन दल सहमत नभएसम्म संशोधन विधेयकको कुनै अर्थ छैन।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »