तराई सहित देशभर भएको नाकाबन्दीले व्यापारी मर्कामा

Domain Registration Nepal प्रकाशित समय 1:36:00 AM
सरोज कुमार पासमान
 सिरहा, १५ पुष । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले तराई सहित देशभर आवश्यक मात्रामा समान भित्रिन नसक्दा व्यापारीहरु मर्कामा परेका छन् ।
 गत वैशाख १२ गते गएको भूकम्पले तातोपानी नाकामा सामान अड्किँदा समस्यामा परेका व्यापारीले  नाकाबन्दीबाट थप क्षति बेहोर्नुपरेको एक व्यापारीले बताए ।
 मधेस आन्दोलन र मधेशी मोर्चाले गरेको नाकाबन्दीले वीरगञ्ज नाका लगायतका नेपालका विभिन्न  नाकाहरुबाट सामान भित्रिन  नसक्दा समस्या भइरहेको ब्यापारीहरु बताउछन् ।
 ब्यापारीहरुका अनुसार गत वर्ष जाडो याममा दैनिक २० हजार रुपैयाँको व्यापार हुने गरेकामा अहिले  नाकाबन्दी र बन्दले दैनिक ५ हजार रुपैयाँको पनि व्यापार हुनसकेको छैन ।
 चीनबाट आएको सामान तातोपानी र भारतबाट आएको सामान वीरगञ्जमा थन्किँदा समस्या भएको हो ।
बन्दका कारण ब्यापारीहरु भारी ऋणको सिकार समेत भएको सिरहाका ब्यापारीहरुको भनाई रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »