ठक्करबाट महिलाको मृत्यु

Domain Registration Nepal प्रकाशित समय 12:13:00 AM
नवलपरासी, मङ्सिर १९ नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ भित्री सडकमा आज बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। चोरमाराबाट कोल्हुवातर्फ आउँदै गरेको लु१ख ८६१५ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेकी साइकलयात्री मध्यबिन्दु नगरपालिका–४ बस्ने ४० वर्षकी मिना घर्तीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »