सिरहामा मोर्चाद्धारा लाठी जुलुस प्रदर्शन

Domain Registration Nepal प्रकाशित समय 4:43:00 AM

राम नारायण पंडित,सिरहा, १५ पौष । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुर्व घोषित कार्यक्रम अनुसार आज (बुधवार) सिरहामा लाठी जुलुस प्रदर्शन गरेका छन् । आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको भन्दै त्यसको विरोधमा सिरहा सदरमुकाममा लाठी जुलुस प्रदर्शन गरिएको मोर्चाले जनाएको छ । त्यस्तै, मिर्चैया पनि मोर्चाले लाठी जुलुस प्रदर्शन गरेका छन् । मिर्चैया बजारबाट सुरु भएको लाठी जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय कटारी चौकमा सम्पन्न भएको थियो । लाठी जुलुस प्रदर्शन गर्ने क्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुले सरकारको बिरुद्धमा चर्को नाराबाजी गरेका थिए । जुलुसमा मोर्चाका नेता कार्यकर्ताहरुका साथै बिद्यार्थीहरुको सहभागिता रहेको थियो । यता, मोर्चाले सदरमुकाम सिरहामा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाले सुरक्षा व्यवस्था कडा बनाईएको थियो  ।







सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »