विराटनगरबाट दायाँबायाँ नहुने धेरैको इच्छा

Domain Registration Nepal प्रकाशित समय 5:03:00 PM

मंसिर १६,संघीयताको प्रादेशिक संरचना निर्माणमा सबैभन्दा बढी विवाद बनेका झापा, मोरङ, सुनसरी कता मिलाउने भन्ने बहस चलिरहेको छ। तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यी तीनवटै जिल्लालाई मधेस प्रदेशमा मिलाउनुपर्ने माग गरिरहेका छन्।तीन जिल्लाको संरचना मिलाउने विषय किनारा नलाग्दा तराईमा चर्केको आन्दोलन साम्य हुन सकेको छैन। यी तीन जिल्लालाई मधेस प्रदेशमा मिसाए आन्दोलनकारीको माग त पूरा होला तर यी जिल्लाका दुरदराजमा बस्ने सर्वसाधारणलाई न्याय हुन्छ हुँदैन भन्ने सवाल अहिलेको मूल प्रश्न हो।प्रादेशिक संरचना मिलाउँदा दोस्रो ठूलो सहरको रुपमा रहेको विराटनगर कता पुग्ने रु यतै रहने कि मधेसवादी दलले भनेजस्तो पर्सासम्मको दुई नम्बर प्रदेशमा जोडिने रु राजनीतिक दल र सरकारलाई यो टाउको दुखाइको विषय बनेको छ।सुनसरीको क्षेत्र नं। ३ का कतिपय गाविस विराटनगरसँग जोडिएका छन्। विराटनगरसँग जोडिएका र सुनसरीबाट टाढा रहेका कतिपय गाविसको अवस्था अत्यन्तै नाजुक छ। उनीहरूका लागि सुनसरीभन्दा विराटनगर सुगम छ, उनीहरूको दैनिक जीवन यही सहरसँग गाँसिएको छ।
 यस्ता गाविसका नागरिकलाई प्रादेशिक संरचनाबारे त्यति जानकारी पनि छैन। तर उनीहरू हिमाल, पहाड र तराई सबैसँग जोडिएर बस्न चाहन्छन्। मधेसवादी दलले भनेजस्तो तराईमात्रको प्रदेशसँग उनीहरूको चित्त बुझाइ छैन। कतिपय नागरिक के भन्छन् भने हामी जहाँ छौं हाम्रो सम्बन्ध जोडिएको विराटनगरबाट बाहिर जान नपरोस्। आफूहरूलाई सुगम परेको सहर नै यहाँको राजधानी हुनुपर्छ भन्नेमा कसैको दुईमत छैन।  थारु, मधेसी, मुस्लिम, नेवार, झागड सबै मिश्रित बसोबास रहेको सुनसरी–विराटनगर सिमानाका नागरिकलाई न तराई आन्दोलनसँग त्यतिधेरै सरोकार छ, न संघीयतासँग। उनीहरूको नाता र व्यवहार हिमाल, पहाडसँग जोडिन्छ।
विराटनगर र सुनसरीको सिमाक्षेत्रका नागरिकले आफ्नो अभिमत यसरी दिएका छन् ः  हामी सबै किसिमका मान्छे छौं यहाँ। थारु, मधेसी, झागड, पहाडे, नेवार सबै। हामीलाई संविधानमा उल्लेख भएजस्तो एक नम्बर प्रदेशमै बस्ने इच्छा छ। विराटनगर पायक पर्ने ठाउँ भएकाले यो सहरसँगको नातासम्बन्ध नटुटोस्। हामी स्वतन्त्र छौं, स्वतन्त्रतापूर्वकै बस्ने अधिकार दिइयोस्। मधेसी पार्टीहरूले के माग्छन् भन्ने कुरासँग चासो छैन।
 ललित घिमिरे
पूर्वकुशाहा–८, सुनसरी
गरिब मान्छे हुँ हजुर, फलाम नपिटे मलाई खान पुग्दैन। मेरो परिवार मैले जे गरिरहेको छु, त्यसैले धानेको छ। म विराटनगरसँग जोडिएर आफ्नो रोजीरोटी गर्न चाहन्छु। मलाई संघीयता के हो, कुन प्रदेश कता केही थाहा छैन।

हरिचरण कर्मकार
पूर्वकुशाहा–२, सुनसरी
उपेन्द्र यादव अस्ति यहाँ आउनुभयो र पहाडे र मधेसीको कुरा गर्नुभयो। त्यसपछि यो ठाउँमा हाट लगाउन दिइएको छैन। पार्टीका मान्छे त्यति आउँदैनन्, मधेसवादी हुँ भनेर चाहिँ यहाँ बाहिरका मान्छे आउने जाने गर्छन्। कहिले टायर बाल्छन्। यो ठाउँका हामीलाई केही मतलब छैन, तर हामी मिलेर बसेका थियौं, मिलेरै बस्न चाहन्छौं। हामीलाई एक नम्बर प्रदेश नै उपयुक्त छ, यहीँ बस्न चाहन्छौं। दुई नम्बर प्रदेशतिर जाँदैनौं। यदि जबरजस्ती लगियो भने हामी मर्न तयार हुनेछौं।

डिल्लीराम श्रेष्ठ
पूर्वकुशाहा–८, सुनसरी

बन्द हडतालले समस्या निम्त्याएको छ। महंगी बढेको छ। दैनिक जीवनयापन सजिलो छैन। म सिद्धान्तमा विश्वास गर्ने मान्छे हुँ। म मधेसी हुँ तर मधेसीको नाम लिएर पहिलेदेखि समाजमा जोडिएको सम्बन्ध बिगार्न चाहन्नँ। इनरुवा जान २० किलोमिटर टाढा पर्छ। विराटनगर एकैछिनमा पुगिन्छ। किनमेल छ भने विराटनगर छ, रोजगारी पनि त्यतै छ। त्यसैले विराटनगरसँग जोडिएर एक नम्बर प्रदेशमै बसौं भन्ने मेरो इच्छा हो। विराटनगरसँग जोडेर एक नम्बर प्रदेशमै राखेकोमा खुसी छु। टुक्रिएर कतै किन जानुप¥यो र रु

सुलेमान मियाँ
पूर्वकुशाहा–८, सुनसरी

व्यक्तिगत रुपमा भन्दा मलाई अफ्ठेरो पनि हुनसक्छ तर म हिमाल, पहाड र तराई जोडिएको संघीयतामा बस्न चाहन्छु। मलाई अहिले संविधानमा व्यवस्था गरिएजस्तो हिमाल, पहाड र तराई जोडिएको एक नम्बर प्रदेश उपयुक्त छ। मेरो सम्बन्ध हिमाल, पहाड सबैतिर जोडिएको छ। सबै क्षेत्र समेटेको, सबै जातजाति र पहिचान देखिएको संघीयता ठीक हो। तराई–पहाड छुट्याउँदा सबैतिर सुविधा पुग्दैन।

सूर्यबहादुर निरौला
साल्पा माध्यमिक विद्यालय
पूर्वकुशाहा–८, सुनसरी

राजनीतिक कुरा बुझेकी छैन। मेरो घर सिरहा हो माइती यहीँ हो। समग्र देश एउटै हुनुपर्छ भन्ने मेरो विश्वास थियो तर यो भएन। पाँच विकास क्षेत्र, चौध अञ्चललाई नै मिलाएर प्रदेश बनाएको भए हुन्थ्यो। को मधेसी, को पहाडे यहाँ भेदभाव छैन। अहिलेको मागअनुसार हिमाल, पहाड र तराई मिलाएर बनाएको प्रदेश राम्रो छ। एक नम्बर प्रदेशले त्यसलाई समेटेको छ, यसको राजधानी विराटनगर बनाउनुपर्छ।

दुर्गा बजगाईं
पूर्वकुशाहा–८, सुनसरी

हामी कोही पनि मधेसी हैन। हाम्रो बसोबास तराई हो। म मधेस भन्न चाहन्नँ। हिमाल, पहाड र तराई जोडिने संघीयता ठीक छ। एक नम्बर प्रदेशले सबै समेटेको छ। विराटनगर अर्को प्रदेशमा जाने कुरै आउँदैन। जान दिनु पनि हुन्न, गए मान्दैनौं। हाम्रो राजधानी विराटनगर हो।

रेवती घिमिरे
पूर्वकुशाहा–८, सुनसरी

म किसान हुँ। मेरो कुनै पार्टी छैन। खेती किसानी गरेर जीवन चलाइरहेको छु। मलाई यसैमा मजा छ। आफ्नो गरेर खान दिनुपर्छ। संघीयता, प्रदेश भन्ने कुरो मलाई थाहा पनि छैन। म मतलब पनि राख्दिनँ। मेरो नातासम्बन्ध विराटनगरसँग जोडिएको छ। केही किन्न जानुप¥यो भने विराटनगरै जानुपर्छ। म विराटनगरसँग जोडिएर आफ्नो जीविका चलाउन चाहन्छु।

गंगा यादव
रामगञ्ज–बेलगछिया–८, सुनसरी
बन्द हडताल गरेर, नाकाबन्दी गरेर किन दुःख दिएको रु यत्रो महंगी बढेको छ। म नेपालमै बसेको मान्छे मेरो जन्मभूमि नेपाल हो। कहाँ मधेसमा जानु अब मर्नेबेलामा रु बेकारमा मधेस र के भनेर हामीलाई यता र उता पार्न किन खोजेको रु छलफल चलिरहेको मैले सुनेको छु। हामी यतै बस्ने हो मधेसतिर जाने हैन।

सुठु चौधरी
रामगञ्ज–बेलगछिया–८, सुनसरी

एक नम्बर प्रदेशबाट कसैले पनि कतै दायाँवायाँ गर्न पाउँदैन। हामीलाई दुई नम्बर प्रदेशसँग नजोडियोस्। सिंगो हुनुपर्छ झापा, मोरङ, सुनसरी। कतै छुट्टिने, टुक्रिने हैन। यति बुझ्दा बुझ्दै पनि समस्या निम्त्याएर के गर्न खोजेका हुन् मलाई थाहा छैन। कालोबजारी बढेको छ, महंगी बनेको छ, सामान किन्न नसकिने भएको छ। पहिले यो नियन्त्रण गर्नुप¥यो, एक नम्बर प्रदेश त हाम्रो छँदैछ नि।

मनोज गुरुङ
रामगञ्ज–बेलगछिया–१, सुनसरी

मलाई जता बसे पनि चिन्ता चाहिँ छैन। तर मलाई सजिलो हुने ठाउँ चाहिन्छ। अहिले जसरी बसेको छु, मेरो जीवन यसरी नै चलोस्। बूढो भइसकें, मर्नेबेलामा किन यता र उता गर्नु। खेतीकिसानी मान्छे, मैले जता बसे पनि गरेर खाने त हो। विराटनगर धेरै नजिक छ, दुई नम्बर प्रदेशमा हाल्दा भरे कहाँ पुगिने हो। यो यतै भएको राम्रो।

नरसिंहबहादुर अधिकारी
सीतागञ्ज–७, सुनसरी
हामी अनपढ मान्छे, पढेलेखेकाले खै कहाँ पु¥याउने हुन्। उनीहरूले जता भन्छन् त्यतै त जानुपर्ने होला नि आखिर। झगडा गर्न सकिँदैन। मधेसी, बिहारी कहाँबाट आउँछन्, के गर्छन्। उनीहरू इण्डियातिर जान्छन्, हामी त यहीँ हो नि। हाम्रो जन्मभूमि यतै हो। यतै बस्ने हो। संघीयता र प्रदेश थाहा छैन, मलाई आफू जन्मेको जन्मभूमिमै बस्न दिनुपर्छ।
हजारी चौधरी
अमडुबा–३, सुनसरी

संघीयता नेपालका लागि अफाबसिद्ध हुन्छ भनेर भन्थे अहिले ठ्याक्कै त्यस्तै भइरहेको छ। वास्तवमा एकात्मक नेपाल नै ठीक थियो। अहिले संघीयताको कुरा उठाएपछि मान्छे बिनाकारण मारिएका छन्। बरु यो संघीयता नै स्थगित गरियोस्। यही निहुँमा विदेशीले फाइदा उठाउने मौका पाएका छन्। सत्ता टिकाउने नाममा सुनसरी र मोरङसँग सम्झौता नहोस्, मधेस प्रदेशतिर कोही जान तयार छैनन्। यदि त्यसो गरियो भने यहाँ अर्को युद्ध चल्छ। हामीलाई बाध्य नपारियोस्।
केदार गेलाल
पूर्वकुशाहा–८, सुनसरी

हामीलाई विराटनगरबाट टाढा नराखियोस्, यतै सुविधा छ। कता मधेस प्रदेश के हो मलाई थाहा छैन। विराटनगरसँग सम्बन्ध जोडिएको बाबुबाजेका पालादेखि हो। यो सहर नभइदिएको भए हामी भोकभोकै हुन्छुम्। ७९ वर्ष पुगिसकें, धेरै बाँच्दिनँ होला। मर्ने बेला भएको उमेरमा यता र उता हुने रहर छैन।
पुण्यप्रसाद निरौला
पूर्वकुशाहा–८, सुनसरी
सभारः सेतोपाटी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »