सिरहामा मोर्चाले सरसफाई कार्यक्रम बिथोलियो

Domain Registration Nepal प्रकाशित समय 7:27:00 AM

राम नारायण पंडित, सिरहा, १४ पौष ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सिरहामा सरसफाई कार्यक्रम बिथोलिएको छ । जिल्ला विकास समिति सिरहाका आयोजनामा आज हुने राष्ट्यि सरसफाई कार्यक्रम मोर्चाका कार्यकर्ताहरुले बिथोलिएको छ । सिरहाको चोहर्बा स्थित रेडक्रसको सभाहलमा आयोजना गरिएको कार्यक्रम मोर्चाले बिथोलेपछि  बाहिर आएर सुरक्षा घेरामा कार्यक्रमको फोरमालिटी पुरा गर्दै कार्यक्रम सम्पन्न भएको बताईएको छ । कार्यक्रम मधेशी मोर्चाले बिथोल्ने प्रयास गरेपछि प्रहरीसंग समान्य झडप समेत भएको मोर्चाले जनाए । उक्त क्रममा एउटा ट्याक्टरमा ढुंगामुढा गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमख, प्रहरी प्रमुख लगायतका उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »