मधेश विरोधी नेता दिक्षित अख्तियारको पन्जामा ।

Domain Registration Nepal प्रकाशित समय 12:36:00 AM

काठमाडौं, २० मंसिर । मधेश र मधेशीको बारेमा अन्तराष्ट्रिय समुदायमा भ्रम छर्ने काममा अग्रपंतिमा रहने साझा यातायातका अध्यक्ष तथा हिमाल मिडियाका प्रकाशक कनकमणि दिक्षित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । श्रोतका अनुसार विभिन्न समयमा उनले साझा यातायातका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्धा दायर गरेका  छन् ।
उनी जारी मधेश आन्दोलन र मधेशीको विरुद्धमा विभिन्न संघ संस्था सँग मिलेर बदनाम गराउने कार्यमा सक्रिय रहेको मधेशी मोर्चाका युवाहरुले आरोप लगाउँदै आएका छन् ।

उनले जारी मधेश आन्दोलन भारतीयको उक्साहटमा भएको भन्दै भारतले लगाएको अघोषित नाकाबन्दीको विरुद्धमा आक्र्रमक रुपमा प्रस्तुत हुदैं आएका छन् ।

सभार :- टुडेखबर

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »