धनुषा स्थित ढल्केवरमा विशाल आमसभा हुँदै

Domain Registration Nepal प्रकाशित समय 11:44:00 PM
 धनुषा, १६ मंसिर । जारी मधेश आन्दोलनको समर्थनमा बुधबार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरमा विशाल आमसभाको तयारी हुँदैछ । आज हुने विशाल आमसभामा संघीय गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेश आन्दोलनको समर्थन र सरकारको विरोधमा आमसभाको आयोजना हुन लागेको गठबन्धनले जनाएको छ ।आमसभामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संयुक्त लिम्बुवान पार्टी, थरुहट तराई पार्टी, आदिवासी जनजाति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी र संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका शिर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, कुमार लिङ्देन, कुमार राई, परशुराम तामाङ, भानुराम चौधरी र बुद्धराज स्याङ्तानले सम्बोधन गर्ने आयोजकले जनाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »