पेट्रोल नष्ट गर्न खोज्दा मोर्चाका कार्यकर्ता घाईते ।

Domain Registration Nepal प्रकाशित समय 10:09:00 PM
महोत्तरी, १७ मंसीर । महोत्तरीको सम्सीमा बुधवार साँझ भारतबाट तस्करी गरि ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाईते भएका छन । भारतीय बजारबाट मोटरसाईकलमा लोड गरि गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आगो लगाई जलाउन खोज्दा सम्सी ७ का मोर्चाका कार्यकर्ता भोगेन्द्र यादव घाईते भएका छन ।घाईते भोगेन्द्रंको तत्काल उपचारको लागि जनकपुरस्थित जानकी मेडिकल कलेजमा भर्ना गराएतापनि त्यहा उपचार सम्भव नभएपछि काठमाण्डौ लैजाने तयारी गरिररहेको अस्पताल स्रोतले जनाएको छ ।मोर्चाका कार्यकर्ता यादवले तस्करसँग पेट्रोल खोसी आगोमा नष्ट गर्न खोज्दा दुर्घटना हुन पुगेको मोर्चाका कार्यकर्ता रामबाबु यादवले जनाएको छन ।यता तस्कर भने घटना लगतै फरार भएका छन भने तस्करको पहिचान खुल्न सकेको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »