सर्लाहीमा मधेसी मोर्चाको द्धारा विरोध सभा

Domain Registration Nepal प्रकाशित समय 10:52:00 PM
सर्लाही, १७, मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सर्लाहीको नवलपुर बजारमा विरोध सभा गर्दै छ । मोर्चाका केन्द्रीय स्तरका नेताहरुको उपस्थितीमा दिउँसो १ बजेपछि विरोध सभा गर्न लागिएको संघीय समाजवादी फोरम नेपाल सर्लाहीका अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष अशोक राई, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरुले सम्वोधन गर्ने मोर्चाले जनाएको छ । तर मधेसी मोर्चाको उक्त कार्यक्रम बिथोल्ने चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले तयारी गरेको छ । गएको मंसिर ८ गते पनि मोर्चाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर चौकमा आयोजना गरेको कार्यक्रमलाई चुरेभावरका कार्यकर्ताले बिथोलेका थिए । मधेसी मोर्चा र चुरेभावरका कार्यकर्ताबीच झडप हुने संभावना देखेपछि स्थानीय प्रशासनले आज नवलपुर बजारमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले संभावित घटनालाई मध्यनजर गर्दै नवलपुर बजारमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गर्न लागिएको बताउनु भएको छ । मधेसी मोर्चाले आज पूर्व पश्चिम राजमार्ग समेत बन्द गर्ने योजना बनाएपछि प्रशासनले बन्द गर्न नदिने बताएको छ । सभार टुडे खबर

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »