जन्तीबस दुर्घटना हुँदा ३३ घाइते ।

Domain Registration Nepal प्रकाशित समय 11:38:00 PM
काठमाडौं, मंसिर १७ -सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीबाट जन्ती लिएर काठमाडौँ आउँदै गरेको ना ४ ख ९२०१ नम्बरको यात्रुबस काठमाडौँको उत्तरपश्चिम जहरसिंहपौवामा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय साँखुका प्रहरी निरीक्षक उमेश जोशीले राससलाई जानकारी दिए।  घाइतेमध्ये १७ जनाको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु, १३ जनाको लाइफकेयर अस्पताल साँखु तथा तीनजना गम्भीर घाइतेको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । ओरालोमा ब्रेक फेल भएर बस एकसय मिटर तल खसेको बताइएको छ । रासस

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »