ट्रान्समिटर पडकिंदा मकवानपुरमा २ को मृत्यु ,१२ भन्दा बढी घाइते

Domain Registration Nepal प्रकाशित समय 11:02:00 PM
मकवानपुर  २३ मंसिर - मकवानपुरको हाँडिखोला गाविसमा बिद्तिय ट्रान्समिटर पडकिंदा  २ जनाको मृत्यु भएको छ । नयाँ जडान गरिएको  ट्रान्समिटरबाट धरै भोल्ट विद्युत प्रवाह हुदाँ हाडिखोला  ३ र ४ मा एकएक जना गरी २ जनाको मृत्यु भएको एसपी मिरा चौधरीले बताईन ।मृत्यु हुनेमा हाँडीखोला ४ की शर्मिलाडिम्डुङ र ७० वर्षीया ठूलीमाया मुक्तान रहेका छन्। १२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि हेटौडा अस्पतालमा लगिएको छ।विद्युत प्राधिकरणका कर्मचारीको लापरबाहीका कारण अकालमा ज्यान गएको भन्दै स्थानीयबासी आक्रोश पोखेका छन् । हाइ भोल्जेज आउँदा गाउँका अधिकांशका इलेक्ट्रिक सरसामान विग्रिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »