प्रहरी झडपमा सदभावना अध्यक्ष महतो गम्भीर घाइते

Domain Registration Nepal प्रकाशित समय 7:36:00 AM
 बिराटनगर, ११ पुस । मोरङ्ग जिल्लाको विराटनगरस्थित जोगवनी नाकामा धर्नामा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरी झडपमा घाइते भएका छन् ।धर्नामा बसेका उनीसहित आन्दोलनकारीहरुलाई हटाउने क्रममा शनिवार प्रहरीले बल प्रयोग गरेका छन् । सोही क्रममा नेता महतोको टाउको र घुँडामा गम्भीर चोट लागेको जनाइएको छ । घाइते भएका उनलाई बिराटनगरस्थित गोल्डेन हस्पिटलमा भर्ना गरिएको छ ।धर्नामा सहभागी हुन गएका राजेन्द्र महतोसहितका कार्यकर्ताहरुलाई धर्नास्थलबाट हटाउने क्रममा झडप भएको थियो । झडपमा करिब एक दर्जन दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको तथा पाँच जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको सद्भावना पार्टीले जनाएको छ ।उनको टाउकोमा गम्भीर चोट लागेकोले सघन उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपी उनी खतरामुक्त रहेको छ ।  सभारः न्युजटुडे



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »