प्रहरी राजमार्ग केन्द्रित भएपछि सिरहामा गाँजा खेती फस्टायो

Domain Registration Nepal प्रकाशित समय 11:34:00 PM

राम नारायण पंडित, सिरहा, ०७ पौष ।सिरहामा बिगतका वर्षहरुको तुलनामा यस बर्ष अबैध लागुऔषध गाँजा खेती फस्टाएको छ । लामो समय देखि जारी मधेश आन्दालनका कारणले प्रहरी भ्यान राजमार्गमा केन्द्रित हुने गरेकोले जिल्लामा गाँजा खेती फस्टाएको बताईएको छ ।



सिरहाका बरहरामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फुलबरीया, असनपुर, गोलबजार, जम्दह, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोबिन्दपुर, ढोढना, लहान, ब्रहमान गोरछारी, सोनामती ममmौरा, हरीपुर लगायतका स्थानहरुमा करीब सय हेक्टर भन्दा बढी जमिनमा लागुऔषध गाँजा खेती भईरहेको छ ।



 नाम नबताउने शर्तमा एक किसानले भने गाँजा खेती गर्नु हाम्रो रहर नभई बाध्य हो । पानीको समस्याले अर्का खेती गर्न सम्भव नभएकोले गाँजा खेती गर्नु परेको उनले थपे । सिरहामा उत्पादित भएको गाँजा बिभिन्न नदिका बाटो र चोर बाटो भई भारतीय बजारमा निकासी हुने गरेको छ ।
प्रहरी आन्दोलनमा केन्द्रित भएकोले जिल्लामा भईरहेको गाँजा खेती तर्फ प्रहरीको ध्यान नगएकोले अबैध लागुऔषध गाँजा खेती फडानी हुन सकेको छैन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »