दशगजांमै रोकिए साढे चार लाख सिलिण्डर ग्यास ।

Domain Registration Nepal प्रकाशित समय 10:46:00 PM
१८ मंसिर, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण काठमाडौंसहित देशभर ग्यासको चरम अभाव छ । धेरैको घरमा चुलो बल्न छाडेको छ । तर, भारतीय सीमा क्षेत्रमा झण्डै साढे चार लाख सिलिण्डर भर्न मिल्ने ग्यास भने भारतीय सीमा क्षेत्रमा लामो समयदेखि अलपत्र छ ।नेपाल आयल निगमका अनुसार भारतीय सीमा क्षेत्रमा नेपालमा झण्डै ३ सय ५० ग्यास बुलेट अलपत्र परेका छन् । एक बुलेटबाट १२७० सिलिण्डर भर्छ । यस आधारमा साढे ४ लाख सिलिण्डर हुन्छ । अहिले सरकारले विक्री गरे जस्तो आधा सिलिण्डर मात्र भर्ने हो भने झण्डै ९ लाख वटा सिलिण्डरमा आधा ग्यास पुग्नेछ ।वीरगञ्ज रक्सौल नाकामा अवरोध भएपछि रि(रुट गरेर सुनौलीबाट समेत ल्याउने प्रयास समेत भएको थियो । तर, त्यसमा पनि भारतीय पक्षले पूर्वप्रतिवद्धता अनुुसार सहयोग नगरेको नेपाली अधिकारीहरुको गुनासो छ ।भारतीय सीमा सुरक्षा बल एसएसबी र भन्सार कार्यालयहरुले विभिन्न बाहना बनाएर भन्सार पास दिन आनाकानी गरेका छन् ।
नेपालगञ्ज नाका केही दिनदेखि तनावमा छ । मधेसी मोर्चाका कार्यकर्ताले सीमामा धर्ना थालेका छन् । भैरहवा नाकामा मधेसी मोर्चाको अवरोध नभएपनि भारतीय पक्ष नै भन्सारले पास गर्न ढिलाइ गरेको छ ।सुनौली नाकामा मात्र १ सय १७ र रुपैडियामा १८ वटा ग्यास बुलेट अलपत्र परेका छन् । अन्य नाकामा पनि केही बुलेट ग्यास रोकिएका छन् ।वीरगञ्जमा नाकाबन्दी सुरु भएकै बेलादेखि रोकिएका २ सय ८ वटा बुलेट छन् । यी बुलेटलाई नेपाल आउन रि(रुटको अनुमति दिइएको छैन । रि(रुट गरेर ल्याइएका बुलेटहरु पनि सुनौलीमा भारतले रोकेको छ । रि(रुट गरेर पनि अलपत्र पारिएका बुलेटको संख्या सुनौलीमा मात्रै ५० भन्दा बढी छ ।बिराटनगर र मेची भन्सारबाट सामान्य संख्यामा बुलेट आइरेकाले पूर्वी क्षेत्रमा अन्य क्षेत्रभन्दा समस्या कम रहेको आयल निगमले जनाएको छ । काठमाडौंमा ग्यास वितरण गर्ने उद्योगका बुलेट आउने सुनौली नाकामा १ सय १७ बुलेट रोकिँदा सबैभन्दा बढी प्रभाव पनि काठमाडौंमा देखिएको छ ।भारतबाट भित्रिने केही बुलेटमार्फत आधा सिलिन्डर भरेर बजारमा ल्याउने क्रम चलिरहेका बेलामा बुलेट आउनै छोडेपछि थप संकट उत्पन्न भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइखरलाई बताए । ‘भैरहवाबाट ग्यास नआएको एक हप्ता भन्दा बढी भइसक्यो, बल्ल(बल्ल छोड्दा पनि एक(दुईवटा मात्र आउँछ’ घिमिरेले भने(‘आधा सिलिन्डर ग्यासको वितरण पनि ठप्प भयो । भारतबाट सहज रुपमा ग्यास नआएसम्म वितरण सुरु पनि गर्न सकिँदैन ।’भैरहवमा नामा गाडी छाड्न ढिलाइ भएको भन्दै भन्सार एजेन्टहरुले कामकाज नै रोकेर आन्दोलन सुरु गरेका छन् ।भारतीय सीमामै रोकिए साढे चार लाख सिलिण्डर ग्यास१८ मंसिर, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण काठमाडौंसहित देशभर ग्यासको चरम अभाव छ । धेरैको घरमा चुलो बल्न छाडेको छ । तर, भारतीय सीमा क्षेत्रमा झण्डै साढे चार लाख सिलिण्डर भर्न मिल्ने ग्यास भने भारतीय सीमा क्षेत्रमा लामो समयदेखि अलपत्र छ ।नेपाल आयल निगमका अनुसार भारतीय सीमा क्षेत्रमा नेपालमा झण्डै ३ सय ५० ग्यास बुलेट अलपत्र परेका छन् । एक बुलेटबाट १२७० सिलिण्डर भर्छ । यस आधारमा साढे ४ लाख सिलिण्डर हुन्छ । अहिले सरकारले विक्री गरे जस्तो आधा सिलिण्डर मात्र भर्ने हो भने झण्डै ९ लाख वटा सिलिण्डरमा आधा ग्यास पुग्नेछ ।वीरगञ्ज रक्सौल नाकामा अवरोध भएपछि रि(रुट गरेर सुनौलीबाट समेत ल्याउने प्रयास समेत भएको थियो । तर, त्यसमा पनि भारतीय पक्षले पूर्वप्रतिवद्धता अनुुसार सहयोग नगरेको नेपाली अधिकारीहरुको गुनासो छ ।भारतीय सीमा सुरक्षा बल एसएसबी र भन्सार कार्यालयहरुले विभिन्न बाहना बनाएर भन्सार पास दिन आनाकानी गरेका छन् ।नेपालगञ्ज नाका केही दिनदेखि तनावमा छ । मधेसी मोर्चाका कार्यकर्ताले सीमामा धर्ना थालेका छन् । भैरहवा नाकामा मधेसी मोर्चाको अवरोध नभएपनि भारतीय पक्ष नै भन्सारले पास गर्न ढिलाइ गरेको छ ।सुनौली नाकामा मात्र १ सय १७ र रुपैडियामा १८ वटा ग्यास बुलेट अलपत्र परेका छन् । अन्य नाकामा पनि केही बुलेट ग्यास रोकिएका छन् ।वीरगञ्जमा नाकाबन्दी सुरु भएकै बेलादेखि रोकिएका २ सय ८ वटा बुलेट छन् । यी बुलेटलाई नेपाल आउन रि(रुटको अनुमति दिइएको छैन । रि(रुट गरेर ल्याइएका बुलेटहरु पनि सुनौलीमा भारतले रोकेको छ । रि(रुट गरेर पनि अलपत्र पारिएका बुलेटको संख्या सुनौलीमा मात्रै ५० भन्दा बढी छ ।बिराटनगर र मेची भन्सारबाट सामान्य संख्यामा बुलेट आइरेकाले पूर्वी क्षेत्रमा अन्य क्षेत्रभन्दा समस्या कम रहेको आयल निगमले जनाएको छ । काठमाडौंमा ग्यास वितरण गर्ने उद्योगका बुलेट आउने सुनौली नाकामा १ सय १७ बुलेट रोकिँदा सबैभन्दा बढी प्रभाव पनि काठमाडौंमा देखिएको छ ।भारतबाट भित्रिने केही बुलेटमार्फत आधा सिलिन्डर भरेर बजारमा ल्याउने क्रम चलिरहेका बेलामा बुलेट आउनै छोडेपछि थप संकट उत्पन्न भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइखरलाई बताए । ‘भैरहवाबाट ग्यास नआएको एक हप्ता भन्दा बढी भइसक्यो, बल्ल(बल्ल छोड्दा पनि एक(दुईवटा मात्र आउँछ’ घिमिरेले भने(‘आधा सिलिन्डर ग्यासको वितरण पनि ठप्प भयो । भारतबाट सहज रुपमा ग्यास नआएसम्म वितरण सुरु पनि गर्न सकिँदैन ।’भैरहवमा नामा गाडी छाड्न ढिलाइ भएको भन्दै भन्सार एजेन्टहरुले कामकाज नै रोकेर आन्दोलन सुरु गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »