धारिलो हतियार प्रहार गरी महिलाको हत्या

Domain Registration Nepal प्रकाशित समय 1:13:00 AM

सिरहा , २० मंसिर । सिरहाको मिर्चैयामा गएराती धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेको छ । मिर्चेया – १ निवासी ४१ वर्षीया फूलादेवी मण्डलको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
मण्डलको घाँटी र टाउकोमा धारिलो हतियारले प्रहार गरी हत्या गरेपश्चात् फालिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो ।
स्थानीयवासीले घर नजिकैको रहर बारीमा मण्डलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या किन र कसले गरेको भन्ने बारेमा हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »