सिरहामा हातीको आक्रमणबाट एक युवक गम्भिर ।

Domain Registration Nepal प्रकाशित समय 1:45:00 AM
राम नारायण पंडित, सिरहा, २६ मंसिर ।
सिरहाको बरहरामाल ३ बन्दिपुरमा जंगली हातीको आक्रामणबाट एक युवक गम्भिर घाइते भएको छ । घाइते हुनेमा कर्जन्हा ५ हथलेटबा बस्ने अन्दाजी २५ बर्षीय दुर्गेश यादब रहेको छ । हथलेटबाबाट आफ्नो बहिनीको घर बन्दिपुर गएको यादब गएराती घरबाट बाहिर पिसाब फेर्न निस्केको समयमा आकस्मात ३ वटा  हाती समुहमा आएर आक्रमण गरेको बताइएको छ । हातीको आक्रमणबाट गम्भिर घाइते भएका यादबको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बाहिर रेफर गरिएको छ । सिरहामा केहि दिनयता हाती लगातार आक्रमण गरिरहेकोले चुरे किनारका वासिन्दाहरु त्रसित भएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »