मुसहर समुदायद्धारा सरकार संग विशेष अधिकारको माग

Domain Registration Nepal प्रकाशित समय 11:13:00 PM
सुनसरी २ पुष ।
सुनसरीको दुहवीमा मुसहर सघर्ष समिती सुनसरीद्धारा आयोजित मुसहर जातीयकोवृहत सभामा मुसहर समुदायका अगुवाद्धारा विशेष अधिकारको माग गरेको छ ।मुसहर समुदाय नेपालको अतिविपन्न समुदाय भएको र यस जातीलाई सदियौ देखीपछाडि पारिदै गएको यस अवस्थामा राज्यद्धारा नै विशेष अधिकारको ब्यबस्थागर्न सरकारसंग माग गरेको छ । धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरड र झापालगायत जिल्लावाट आएका मुसहर समुदायका अगुवाहरुद्धारा मुसहर जातीलाईसमानुपातिक प्रणालीले पनि समेटन नसकिएको अवस्थाको अवगत गराउदै यस जातीलाईविशेष अधिकारको आवश्यकता भएको बताउनु भयो । सभामा राष्ट्रिय मुसहर उत्थानसमाज धनुषा चन्देस्वर सदाले समाजिक रुपमा पछाडी पारीएको मुसहर जातीलाईवर्तमान रुपमा लागु भएको मानुपातिक प्रणाली पनि समेटन नसकेको बताउनु भयो। उहाले २ पटक सम्म भएको संविधान सभामा भएको समानुपातिकमा १२ लाख भन्दाबढि रहेको मुसहर समुदायको पहुच गराउन नसकिएको अवस्था अवगत गराउदै अवकादिन यस जातीलाई अधिकार र पहुच बढउन विशेष अधिकारको आवश्यक रहेको बताए ।दिन भरि मजदुरी गरेर अध्ययन गर्ने मुसहर जातीका विद्यार्थी र सुसम्पनकजेलमा अध्ययन गर्ने अन्य ब्यक्तिसंग तुलनातम्क प्रतिस्पर्दा योग्य हुनसकने बताए ।सोही कार्यक्रममा डा। दिलिप सदाले मुसहर समुदायले अछुत भन्नु खण्डवादीविचारधारकहरुको गाली हो र यो हामी स्वीकार्न आवश्यक नरहेको बताए । मुसहरसमुदायले पनि अवसर र मौका पाए पढेर र गरेर देखाउन सक्ने तर यी समुदायलाईअवसरवाट बन्चित गराईएको बताए । उहाले मुसहर समुदाय वर्तमान समाजसंग दौडेप्रतिसपर्दा गर्न सक्ने सामर्थ नभएको, शिक्षित र संगठित नभएको कारणअधिकारबाट बञ्चित भएको यस जातीलाई राज्यले नै कुनै विशेष ब्यबस्था गर्नुपर्ने माग गरेकाछन् ।कार्यक्रममा सवरी संकल्प समाजका संस्थापक अध्यक्ष गुरुशरण सदाले मुसहरजातीलाई परिवर्तणको धारमा ल्याउने एक उपाय राज्यले विशेष अधिकारको ब्यबस्था गर्न  आवश्यक रहेको बताउतु भयो । उहाले पछाडि पारिएको समुदायलाई नेतृत्व तहमा तानेर ल्याउदा दिगो नहुने सकदो विशेष अधिकारको ब्यबस्था गर्न सके मुसहर जातीको हित सुनिशित रहेको बताए । कार्यक्रममा झापाका बलराम ऋषिदेवले वर्तमान समाजलाई ब्यबस्थित र सुन्दर बनाउन पछाडी कोसमुदायको पनि हित गर्न आवश्यक रहेको बताए । राजनितीक रुपमा पनि अगाडी बढाउन आवश्यक रहेको बताउदै उहाले विशेष अधिकारको ब्यबस्था गर्न सरकारसंग माग गरे ।नेपालको करिव ३७ जिल्लामा रहेको मुसहर जाती अदिकाल देखी माटोसंग जोडिएकोपेशासंग आवद्ध रहेको यस जाती  शिक्षा, राजनिती, अर्थिक, समाजिक रुपमा
पछाडी पारिएको छ । हालको शैक्षिक दर ७ प्रतिशत मात्र देखिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »