ब्लग , मधेशी नेताहरुबीच कै लडाईले आन्दोलन असफल हुन सक्छ

Domain Registration Nepal प्रकाशित समय 11:10:00 PM
सलिम अंसारी
‘संघीय समावेशी मधेशी गठबन्धन’ र ‘राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन’ले मधेश आन्दोलनलाई नेतृत्व गर्न लागेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यिनीहरुलाई पाखा लगाएको हो । पुनः आफूहरु नै स्थापित हुने प्रपोगाण्डा अनुसार यिनीहरुले मधेश आन्दोलनलाई प्रयोग गर्दैछन् ।
राज्यसँग संघर्ष जारी रहेको बेला सबै एकजुट भएर जनअधिकार स्थापित गर्न लाग्नु पर्ने समयमा मोर्चाका नेताहरुले आफूहरुलाई मात्र मधेशको कथित मसिहा बनाउने दौडमा लागेका छन् । यो विषय अव मधेशको स्थानीयतहसम्म चर्चामा आएको छ । र, यसले मधेशीहरुमा चिन्ता पनि थपेको छ ।
मधेशीहरु अधिकारको लडाईमा अगाडि बढ्दैछन् तर मधेशी नेताहरु बर्चश्व र नेतृत्वको लडाईमा होमिएका छन् । मधेशमा दोस्रो ठूलो जनसंख्या भएको मुस्लिम समुदाय पहिलो मधेश आन्दोलनदेखि जारी मधेश आन्दोलनसम्ममा १६ जनाले सहादत प्रप्त गरिसकेका छन् । तर मधेशी मोर्चाका नेताहरुले नेतृत्वमा साँझेदारी हुने डरले राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धनलाई अलग हुन बाध्य बनाएको बुझिन्छ ।
बाबुराम, वैद्य, लिम्बुवान, तमुवान आदिसंग मिल्ने तर जेपी गुप्ता, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवलगायतका मधेशवादी संगठनलाई पाखा लगाउने कार्य मधेशी मोर्चाका लागि स्वभनीय होइन । मोर्चाका नेताहरु नै अहिले मधेशीहरुमा फुट ल्याउन प्रयासरत छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनलगायतका सम्पूर्ण मधेशवादी शक्तिहरु एकजुट भएर अन्तिम संघर्षमा जानुको विकल्प छैन । मोर्चाको एक्लौटीवादी प्रबृतिले आन्दोलन अगाडि बढ्ने छैन् । अव मधेशमा कुनै पनि संगठन एक्ला एक्लै गएको खण्डमा मधेशी जनताले लखेटेर पठाउने मानसिकता बनाउँदैछ । सभार हुलाकी न्युज

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »