भारतको नजर नेपालको जलस्रोतमाथि ः सीपी गजुरेल

Domain Registration Nepal प्रकाशित समय 2:50:00 AM
सिरहा, मंसिर २१– भारतको नजर नेपालको जलस्रोतमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले बताउनु भएको छ । पार्टीले सिरहाको गोलबजारमा आज अपरान्ह गरेको पत्रकार भेटकाट कार्यक्रममा गजुरेलले भारतले मधेस आन्दोलनमा सहयोग पुर्याउने ढंगले नाका बन्दि नगरेको भन्दै उहाँले भारत आफ्नो स्वार्थ पुरा गर्न अघोषित नाकाबन्दि गरेको बताउनु भयो । नेपालबाट विजुली लगेर भारत झिलिमिलि पार्ने र नेपालको नदीनालाबाट पानी लगेर राजस्थानको मरुभूमि सिंचित गर्ने भारतको चाहाना पुरागर्न यो आन्दोलन सहयोगी बन्ने खतरा रहेको वहाँले बताउनु भयो । गजुरेलले भन्नुभयो, ‘भारतले स्वार्थ राख्नु स्वभाविक पनि हो, यही आन्दोलनलाई

प्रयोग गरेर स्वार्थ सिद्धगर्ने योजनामा भारत रहेको छ ।’ भारतले नाकाबन्दि गरेर नेपालको राष्ट्रिय स्वाधिनतामाथि धावा बोलेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भारत आफ्नो स्वार्थको लागि मात्र नाकाबन्दी गरिरहेको छ, मधेसी जनतालाई सहयोग गरेको होइन ।’ नेपाली जनतालाई आक्रान्त पारेर भारत आफ्नो स्वार्थपुरा गर्ने योजनामा रहेको समेत उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले सहरमा चुला बलेको छैन, ग्यास अभावका कारण, इन्धन नपाउँदा विद्यालयहरु खुल्न सकेका छैनन्, यसरी नेपाली जनतामाथि आक्रान्त बनाउने कोसिस भईरहेको छ ।’ त्यसको लागि सवैभन्दा जिम्मेवार तीन दल रहेको गजुरेलले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘तीन दलले मनपरी तरिकाले संविधान जारी गरेकै कारण अहिलेको अवस्था आएको हो ।’ हामी संघियताको बारेमा जनताले फैसला गर्न पाउनु पर्छ भन्ने पक्षमा रहेको बताउनु भयो । हामीहरु तराईमा पाँचवटा प्रदेशको पक्षमा रहेको बताउनु भयो । उहाँले पूर्वमा कोचिला, मिथिला, अवध,भोजपुरा र थारुवान बन्नु पर्छ भन्ने पक्षमा छौं । तर, जनताले दुई प्रदेश नै चाहन्छ भने पनि हाम्रो सहमति रहन्छ । संघियता कुनै नेताको चुनावक्षेत्र सुरक्षित गर्ने नाममा यताको उता र उताको यता पारेकै कारण अहिलेको अबस्था आएको उहाँले बताउनु भयो । एकीकृत माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिपावली मनाउनु पर्छ, भन्नु मधेशी जनतामाथि विश्वासघात हो भन्ने आरोप लगाउनु भयो । मधेशको मांग जायज छ । मधेशी जनताको अधिकार प्राप्तिका लागि नेकपा (क्रान्तिकारी माओवादी)को समर्थन रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »