मोर्चाका नेताहरु आज दिल्लीबाट फर्किदै

Domain Registration Nepal प्रकाशित समय 12:12:00 AM
काठमाडौं, २३ मंसिर ।  लामो समय देखी मधेश आनदोलन चलिरहेको बेला समस्या समाधानको उपाय खोज्न भारत पुगेको मधेसी मोर्चाका शीर्ष नेताहरु आज  नेपाल फर्किदैछन् । भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन लागेका हुन् । भारतीय पक्षले वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ । सरकारले अघि सारेको तीन बुँदे प्रस्तावमा केन्द्रित रहेर छलफल गर्न भारतीय पक्षले सुझाव दिएको छ । मोर्चाका नेताहरु काठमाण्डु फर्किएपछि सरकारसँग वार्ता गर्ने बताएका छन् । आज काठमाण्डुमा फर्किएपछि सम्भव भए आजै नभए भोलि वार्ता गर्ने  बताए । सरकारले सीमांकनलाई पछि मिलाउने गरि तीन बुँदे प्रस्ताव अघि सारेको छ भने मोर्चाले सीमांकन पनि अहिले नै टुङ्गो लगाउनुपर्ने अडान राखेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »