मधेशलाई अलग राष्ट्र बनाउन सरकार बाध्य गरिरहेको छः वक्ताहरु

Domain Registration Nepal प्रकाशित समय 10:49:00 PM

सिरहा, १३ पुष । मधेशलाई अलग राष्ट्र बनाउन अहिलेको सरकार बाध्य गर्न खोजेको सिरहामा गरिएको एक अन्तरकृया कार्यक्रममा वक्ताहरुले बताएका छन् ।सिरहामा ‘मधेश बिद्रोह र यसको जटिलता’ शिर्षकमा अन्तरकृया कार्यक्रम गरिएको छ । मधेशी नागरीक समाज माडरको आयोजनामा भएको कार्यक्रममा मधेशका राजनीतिक विषेशज्ञ तथा सिरहाका नागरीक समाज तथा राजनीतिककर्मी, पत्रकार, कर्मचारी लगायतका विभिन्न व्यक्तिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्दै अधिवक्ता धीरेन्द्र झाले मधेशीलाई जहिले पनि नेपालको संविधानले ठग्ने काम गरेको र यस पालिको संविधानले पनि मधेशीलाई ठग्नबाट नछोडेको बताए ।मधेश आन्दोलनले विगतका सबै आन्दोलनहरुको रेकर्ड तोडेपनि सरकारले मधेशको जायज माग सम्बोधन नगर्नु र अन्तरीम संविधानमा दिएको अधिकार समेत खोसेर राज्यले मधेशी संग बैमानी गरेको छ ।संविधानमा नागरीकता देखि प्रदेशको सिमाङ्गकन सम्म मधेशीलाई सधैभरी अल्पसंख्यकमा राख्ने हिसाब किताब गरेर पहाडी मुखि संविधान बनाएको हुँदा मधेशीले यसलाई स्वीकार्य नगरे र यसकै परिणाम साढे चार महिनाको आम हड्ताल मधेशमा सफल भएको बताए ।मधेशीलाई संविधानमा कुनै भ्रम नभएको तर पहाडमा संविधान वारे भ्रम रहेको प्रमाणित गर्दै मधेशीले दुई कट्ठा जग्गाका लागि  सर्वोच्च आदालत सम्म लड्ने हिम्मत गरेकाले तीन जिल्लाका लागि विश्वको जुन सुकै अदालतमा मधेशी मुद्दा लड्न तैयार भएको उनले जानकारी दिए ।मधेशको आन्दोलन ओलीको बोली र गोली दुबैका कारण लम्बीदै गरेका झाले प्रष्ट पारे ।मधेशमा एक दशकमा तीन आन्दोलन भएको र यसले मधेशको लागि ठूलो सफलता भएको राजनीतिक विशलेसक तुला नारायण साहले बताए । २०६२÷०६३ देखि मधेशको मुद्दा स्थापना भएको र मधेश मुद्दाको वाढी तेज गतिमा खुलेका कारण यो कहिले पनि समाप्त हुदैन् ।राज्यले मधेशीलाई थकीत गरेर आन्दोलन दवाउने उद्देश्यमा लागेकाले यो सबै भन्दा कमजोरी सरकारको रहेको छ । मधेशमा विगोल फुकीएकाले अब अधिकार लिएरै मधेशी छोड्नत्यसका लागि पढुवाको सहयोग मधेशी राजनीतिकर्मीलाई आवश्यक रहेको उनले बताए ।कार्यक्रममा बोल्दै भुगोल विशेषज्ञ कृष्ण हाछेथुले भने,‘तीन पार्टीका पाँच÷पाँच नेता मात्र संविधान लेखेकाले मधेशीको हकमा नभए बताए । संविधान लेखनमा मधेशीको पहिच नभएका कारण भरखर घोषणा भएको संविधान मधेशीको पक्षमा नभउको र जसका कारण मधेशीलाई लामो समय सम्म आन्दोलन गर्नुपरेको उनले बताए ।त्यस्तै कार्यक्रममा मधेशी नागरीक समाज माडरका अध्यक्ष विन्देश्वर गाृइत, पुर्व प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिक्षण यादव,  अधिवक्ता आन्नद आदित्य, पत्रकार अमरेन्द्र यादव लगायतका व्यक्तिहरु बोलेका थिए ।सभारः मधेशसंदेश

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »