मोटरसाइकलमा आगजनी गर्ने एकजना पक्राउ ।

Domain Registration Nepal प्रकाशित समय 1:05:00 AM

 सरोज पासवान
सिरहा २० मसिंर । सर्वसाधारणको मोटरसाइकलमा आगजनी गरेको आरोपमा शनिबार साँझ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ निवासी २६ वर्षीय अजयकुमार यादव रहेका छन् ।सिरहाको इटहरर्वा–५ स्थित लहान–ठाडी भित्री सडकखण्डमा गत शुक्रबार यादवसहितको तीन÷चारजनाको समूहले सप्तरीको हरिपुर–१ निवासी ३० वर्षीय श्रीराम साहको ज६प ५६८९ नंको मोटरसाइकलमा आगजनी गरेका थिए । ग्यास सिलिन्डर लोड गरी ल्याउँदै गरेको अवस्थामा कालोबजारी गरेको भन्दै आगजनी गर्दा मोटरसाइकल पूर्णरूपमा जलेर क्षति भएको थियो ।फरार अन्य व्यक्तिको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »