प्रमुख तीन दल मोर्चाको माग बारे साझा धारणा बनाउन असफल

Domain Registration Nepal प्रकाशित समय 11:18:00 PM

काठमाडौं, १७ मंसिर । आन्दोलनरत मधेसी मोर्चाले बुझएको ११ बुदें माग बारे साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैठक निष्कर्ष विहिन बनेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले मोर्चाको अगाडि सारको ११ बुदें माग बारे साझा धारणा बनाउन सकेनन् ।
बैठकमा सहभागी भएका एमाले नेता एवम् अर्थमन्त्री विष्णु पौडेलले मोर्चासँगको वार्तालाई निरन्ततार दिने बिषयमा कुरा भएको बताउँदै ठोस साझा धारणा बनेको बताउनु भयो । हिजो दलहरु बीच मोर्चाको माग बारे साझा धारणा नबन्दा मोर्चा सँग भनिएको वार्ता स्थगन भएको थियो । मोर्चाले यस अघि नै ११ बुदें बारेमा तीन दलको साझा धारणा आउनु पर्ने आग्रह गर्दै आएका छन् ।
विभिन्न माग राखेर मोर्चा विगत १ सय १० दिन देखि आन्दोलन गर्दै आई रहेका छन् । सभार टुडे खबर

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »