दिल्लीमा मधेसी मोर्चा नेताहरुको भेटघाट आज पनि जारी

Domain Registration Nepal प्रकाशित समय 1:59:00 AM
दिल्ली, २२ मंसिर ।मधेसी मोर्चाका नेताले आज पनि भेटघाटलाई जारी राख्ने भएका छन् । उनीहरुले बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट्ने तय भएको छ । डोभालसँगको भेटपछि १२ बजे विदेश सचिव एस जयशंकरसाग उनीहरूको भेट तय भएको छ ।भेटघाटपछि दिउँसो ३ बजे अब्जरभर रिसर्च फाउन्डेसनद्वारा आयोजित अन्तक्र्रियामा उनीहरूले सहभागिता जनाउने त्यहाँबाट पत्रकार परशुराम काफ्लेले जानकारी दिनुभयो । मोर्चाका नेताहरूले हिजो कंग्रेस आईका सांसद आनन्द शर्मा, जनता दल युनाइटेडका सांसद तथा पूर्वराजदूतहरू श्यामशरण, देव मुखर्जी, जयन्तप्रसाद, शिवशंकर मुखर्जीलगायतसाग भेटवार्ता गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »