
‘चीनको अनुदानको पेट्रोलले केही राहत दिएको थियो । त्यसैगरी साउदी अरेबियाले पनि सहयोग गर्न सक्ने भएकाले पत्र काटेका हौं ।’ सहसचिव त्रिपाठीले भने(‘१० हजार किलोलिटर तेल उपलब्ध भयो भने अहिले पनि हामीले ठूलो राहत महशुस गर्न सक्ने अवस्था छ ।’
मन्त्रालयले साउदी सरकारलाई काठमाडौंसम्म तेल ल्याउने व्यवस्था गर्न पनि आग्रह गरेको छ । ‘एयरकार्गो मार्फत तेल आउन सक्छ । त्यसैले हामीले सोमबार मात्रै परराष्ट्र मार्फत पत्र काटेका छौं ।’
मन्त्रालयका अर्का एक उच्च अधिकारीका अनुसार काठमाडौंस्थित साउदी अरेबियाका राजदुतले तेल दिन सक्ने बताएपछि पत्र काटिएको हो ।
‘काठमाडौंमा रहेका राजदुतले साउदीले एयर कार्गोमार्फत अनुदानमा तेल दिन सक्ने बताएपछि नै पत्र काटिएको हो । साउदीमा रहेको नेपाली राजदुताबासले पनि समन्वय गरेको छ । साउदी सरकारले काठमाडौंसम्म ल्याएर तेल दिनेमा मन्त्रालय विश्वस्त छ ।’ ति अधिकारीले भने । सभार :-
अनलाईनखबर
