ओली सरकारले भारतसँग आत्मसमर्पण गर्ने खतरा :- सीपि गजुरेल

Domain Registration Nepal प्रकाशित समय 10:51:00 PM
उदयपुर  २३ मंसिर - मधेसवादी दल भारत गएर आर्शिवाद लिएर देशले निकास नपाउने नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले बताएका छन् । नेकपा माओवादी र नेकपा एकीकृतको पार्टी एकीकरणको पश्चात जिल्ला कार्यकर्ता प्रशिक्षणको क्रममा उदयपुर आएका नेता गजुरेलले बुधबार सो कुरा बताएका हुन् । गजुरेलले मधेसी चार दलका नेताहरु आर्शिवाद थाप्न भारत जानु दुःखद रहेको बताए ।क्रान्तिकारी पत्रकार महासंघ उदयपुरद्वारा आयोजित पत्रका
र सम्मेलनमा गजुरेलले एक मधेस एक प्रदेश कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै सरकारले एक मधेस एक प्रदेश स्वीकार गरे एक मधेस एक प्रदेश विरुद्ध पार्टीले कडा प्रतिवाद गर्ने चेतावती दिए ।भारतले लगाएको नाकाबन्दी नेपालको राष्ट्रिय स्वाधिनता विरुद्धको हस्तक्षेप भएकोले नेपालका राजनैतिक दलहरुको गलत नीतिको कारणले यो स्थितीको देशले सामना गरिरहनु परेको गजुरेलको भनाई रहेको छ ।पार्टी एकता पछि नेता परि थापा सहितको पत्रकार सम्मेलनमा ओली नेतृत्वको सरकार भारतसँग झुकेर आत्मसमर्पण गर्ने खतरा रहेको औंल्याए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »