७ दर्जन भन्दा बढी मोटरसाइकल मिर्चैया प्रहरीको नियन्त्रणमा

Domain Registration Nepal प्रकाशित समय 3:48:00 AM


राम नारायण पंडित, सिरहा, १७ पौष ।फस्ट जनवरीको दृष्टिगत गर्दै सिरहामा मोटरसाइकल चेकजाँचमा कडाई गरिएको छ । मादक पदार्थ सेबन गरी मोटरसाइकल चलाएको भन्दै ७ दर्जन भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिईएको अस्थायी टा्फिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले जानकारी बताए । भारतीय नव बर्ष अर्थात फस्ट जनबरीको दृष्टिगत गर्दै मोटरसाइकल चेकजाचमा कडाइ गर्दा ७ दर्जन भन्दा बढी मोटरसाइकल र दर्जन भन्दा बढी मोटरसाइल चालकलाई नियन्त्रणमा लिइएको सोडारीले बताए । मादकपदार्थ सेवन गरीे र क्षमता भन्दा बढी ब्यक्ति सबार भई मोटरसाइकल चलाएकोले नियन्त्रणमा लिईएको नायब निरिक्षक सोडारीले जानकारी दिए । सबारी साधन चेकजाँचमा कडाई गर्दा कुनै किसिमको दुर्घटना नभएको सोडारीले दाबी गरे । नियन्त्रणमा लिईएकाहरुलाई प्रकृति हेरी कार्बाही गर्ने सोडारीले बताए । त्यस्ैत, जिल्लाका बिभिन्न स्थानमा पनि दर्जनै चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिईएको बताईको छ ।  मधेशमा लामो समय देखि जारी रहेको आन्दोलनको कारणले सबारीसाधन चेकजाँचमा केहि खुकुलो गरेपनि फस्ट जनबरीको दृष्टिगत गर्दै कुनै अप्रिय घटना हुन नदिन खास गरी मादकपदार्थ सेबन गरी र बिना हेल्मेट क्षमता भन्दा बढी व्यक्ति सबार भई मोटरसाइकल चलाउनेहरुलाई कडाई गरिएको  प्रहरी नायब निरिक्षक सोडारी जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »