सिरहामा आज संघिय मधेशी मोर्चाको जन सभा हुने

Domain Registration Nepal प्रकाशित समय 4:35:00 PM
राम नारयण पंडित, सिरहा, २७ पौष । संघिय मधेशी मोर्चा सिरहामा जन सभा गर्ने भएको छ । अधिकार, पहिचान, स्वाभिमान सम्मानको पुनः स्थापनाको लागि सिरहाको मिर्चैयामा  संघिय मधेशी मोर्चाले आज (सोमबार) जन सभा गर्ने भएको छ । स्वायत मधेश प्रदेश, संघियतापुर्ण समानुपातिक समावेशी प्रतिनिधित्व, आत्म निर्णयको अधिकारको लागि दलित, आदिबासी, जनजाति, मुस्लिम, महिला लगायतको आरक्षणको रक्षाको गर्न पिछडाबर्ग आयोग कायम र नागरिकतामा गरिएको बिभेद अन्त गर्नको लागि जन सभा गर्न लागेको संघिय मघेशी मोर्चाले जनाएको छ । जन सभालाई लोकदलको केन्द्रिय अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाजपार्टीको केन्द्रिय अध्यक्ष गंगा महरा, नेपाल समाजबादी पार्टी (लोहियाबादी) को केन्द्रिय अध्यक्ष नन्दन यादब र लोकतान्त्रिक पार्टी नेपालको केन्द्रिय अध्यक्ष जिबन साह लगायतका बक्ताहरुको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »