मधेसी मोर्चाले गरे थपआन्दोलनको कार्यक्रम घोषणा

Domain Registration Nepal प्रकाशित समय 8:12:00 AM
काठमाडौं, ११ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । सोमबार तमलोपा कार्यालय विजुलीबजार बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई यथावत राख्दै थप कार्यक्रम घोषणा गरेको हो । बैठकपछि मोर्चाले विज्ञप्ति जारी गरी सरकार गैरजिम्मेवार ढंगबाट मधेसमा नरसंहार गरिरहेको आरोप लगाएको छ । उसले मोरङको रंगेली घटनाको न्यायिक छानविनको माग गरेको छ ।शनिबार राति भएको संविधान संशोधनले मधेसका सबै मागलाई सम्बोधन नगरेको भन्दै मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो । विज्ञप्तिमा भनिएको छ( ‘जर्बजस्ती संविधान लादिएकै शैलीमा एकतर्फी रुपमा संविधानमा गरिएको संशोधनले हाम्रा मुद्दाहरुको सम्बोधन नगरेको हुँदा मान्य हुन सक्दैन । हाम्रा मुद्दाहरुको राजनितीक सम्बोधन नभएसम्म संघर्ष हाम्रो बाध्यता भएको हुनाले यी सबै मुद्दाहरुको एकमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत जारी रहने स्पष्ट गर्दछौ ।’यसैगरी आन्दोलनमा हातेमालो गर्न सबै शक्तिलाई आव्हान गरेको छ । ‘ नेपालको संविधान २०७२ प्रति विमति राख्दै मधेशी, थारु, आदिवासी–जनजाती, दलित, मुस्लिम, पिछडावर्गको माँग सम्बोधनका लागी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अगाडि सारेको ११ सूत्रिय माँगको समर्थनमा आन्दोलनरत सबै पक्षलाई एकबद्ध भई साझा आन्दोलन गर्न सम्बन्धित सबैलाई आग्रह गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »