तराईमा आन्दोलन सकिँदै, जुलुसमा १०,१५ नेता मात्रै सहभागी चन्दा उठाएर होटलमा नेताको मस्ती, जनता भोकभोक

Domain Registration Nepal प्रकाशित समय 11:05:00 PM

सिरहा, ३० पुस । तराईका बिभिन्न जिल्लामा आन्दोलनको प्रभाव विस्तारै घट्न थालेको छ ।

केहिदिन यतादेखि गाउँ गाउँबाट बजारमा आन्दोलन गर्न मधेसी जनता आउन छाडेपछि आन्दोलन विस्तारै खुकुलो हुँदै गएको छ ।

सिरहाको लहान, गोलबजार, मिर्चैया, लगायतका बजारहरु पूूर्ण रुपमा खुलेका छन् । एक सातायता सिरहामा यातायातका सवारी साधनहरु समेत पनि फाटफुट गुडिरहेको देखिन्छ । साना सवारी साधन र बजार पूूर्ण रुपमा सञ्चालनमा आएपछि विगत ५ महिनादेखि जारी मधेस आन्दोलन विस्तारै सक्न लागेको सर्वसधारण बताउँछन् ।

आन्दोलनको सुुरुमा  सिटी सवारी समेत चल्नमा रोक लगाएको थियो । तर अहिले सिटी सवारी सञ्चालनमा देखिएको छ । बैंक तथा वित्तिय संस्था, विद्यालय, उद्योग कलकारखाना र सरकारी कार्यालयहरु समेत लामो समयपछि सञ्चालनमा आएको छ ।

लहानस्थित सहिद चौकमा दिनहुँ मधेसी मोर्चाले जुलुस निकाल्छन् । तर १०,१५ आन्दोलनकारी भन्दा बढी हुँदैन् । जब सहिद चौक पुुगेर कोणसभा सुरु गर्छन्, अनी केहि व्यापारीहरु भाषण सुन्न थाल्छन् र भिडभाड देखिन थाल्छन् ।यता

आन्दोलनरत मोर्चाका केहि नेताहरु आर्थिक चलखेल सूूरु गरेका कारण आन्दोलनको प्रभाव विस्तारै घट्न थालेको मोर्चाकै एक नेताले नाम उल्लेख नगरिदिने सर्तमा जानकारी दिए । मधेस आन्दोलनको नाममा मोर्चाका नेताहरु चन्दा उठाएर आफूूखुसी खर्च गरिरहेका कारण मोर्चामै विवाद भएपछि आन्दोलन सुुस्ताएको उनले सुुनाए ।

ति नेता थप्छन्, ‘मोर्चाका संयोजक कृष्णबहादुर यादबले आफ्नो नजिक्का केहि नेताको संरक्षणमा आफूूखुसी बजारभरी चन्दा उठाउँछन् र प्यासिफिक होटलमा मोज गर्छन् । यही कुरा थाहा पाएपछि पहिले आन्दोलनमा सहभागी हुनेहरु पनि अहिले आउन छाडेका छन् ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »