भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना १० प २८२५ र लु १ प ९५५० नं का दुईवटा मोटरसाइकल आगजनी गरी नष्ट पारेका छन् ।
सो घटनाका कारण अहिले भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच तनाव भइरहेको छ ।
त्यस्तै मोर्चाका कार्यकर्ताले वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । घन्टाघर नजिकै बा १० च ८३२४ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।
